Thursday, July 23, 2015

चन्द माओवादीको नेपाल बन्दले जनजीवन प्रभावित


काठमाडौं, श्रावण ८ - नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले संविधान निर्माण र लिपुलेक सम्झौताविरुद्ध गरेको नेपाल बन्दले राजधानी लगायत देशका मुख्य सहरमा जनजीवन प्रभावित बनेको छ । राजधानी लगायत देशका सबैजसो ठाऊँमा बन्दका कारण मुख्य सडक वरपरका पसल खुलेका छैनन् भने कलेज, स्कुल पनि बन्द रहेका छन् । सहरका भित्री गल्लीका पसलहरु भने खुलै छन् । लामो तथा छोटो दुरीका सार्वजनिक सवारीसधान चलेका छैनन् । काठमाडौमा बन्दकर्ताको उपस्थिति केही कम भएपनि बन्दको प्रभाव भने परेको छ तर केही निजी सवारी साधनहरू भने फाट्टफुट्ट चलिरहेका छन् । बन्दका कारण प्रहरीले काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा पारेको छ । बिहानैदेखि जर्बजस्ती यातायात बन्द गराउँदै हिड्ने चन्द माओवादीका नेता तथा कार्यकर्ताहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ । माओवादीले संविधानसभाले जनविरोधी मस्यौदा पारित गरेको र भारत–चीन लिपुलेक सम्झौताले राष्ट्रिय स्वाधीनतामाथि ‘डरलाग्दो हस्तक्षेप गरेको’ भन्दै नेपाल बन्द घोषणा गरेको हो ।

0 comments:

Post a Comment