Thursday, July 23, 2015

भाइरल बन्यो केकीमाथि एसिड प्रहारको म्युजिक भिडियो


निकेश खड्काद्वारा निर्देशित नायिका केकी अधिकारी माथि एसिड प्रहारको म्युजिक भिडियो अहिले भाइरल बनेको छ । बिशेष गरि केही महिना अगाडि दुई विधार्थी संगिता मगर र सिमा वस्नेतमाथि भएको एसिड प्रहार घटनाको विरोध गर्दै सोही घटनाप्रति समर्पित रहेर म्यूजिक भिडियो निर्माण गरिएको थियो । अहिले भिडियोको सामाजिक संजाल देखि अनलाइन मेडियामा सर्बत्र चर्चा रहेको छ । सबैभन्दा पहिला अनलाइनराफ्तरमा नै उक्त भिडियोको बारेमा समाचार आएको थियो गत बुधबार सार्बजनिक गरिएको यो भिडियोलाइ यो समाचार तयार पर्दा सम्म करिब १ लाख ३४ हजार पल्ट यु टुबमा हेरिएको छ । पछिल्लो समय चर्चित गीत लेखेका ब्यस्त गीतकार डिपी खनालको शब्दमा आर्जन पाण्डेको स्वर, किरण कंडेलको कम्पोज र अल्मोदा उप्रेतीको एरेञ्जिङ रहेको उक्त भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी रहेको छ । भिडियोमा केकीको साथै निरजन थापा र मानवी खड्काको पनि अभिनय हेर्न सकिन्छ। धिरजजंग शाहको क्यामेरवोर्कलाइ निशान घिमिरेले गरेको दृष्य संयोजनको कला अहिले सर्बत्र मन पराइको छ ।यथार्थ घटना र सबैको मन छोएको बिसयबस्तुमा आधारित रहेर बनाइएको भिडियो भएरनै सबैले मन पराएको निर्देशक खड्काले बताएका छन्।यसअघि पनि उनले बनाएका धेरै भिडियो हरु चर्चितनै छन् ।

0 comments:

Post a Comment