७ साउन – सुस्त मनस्थितका बालिकालाई बलात्कार गरेको आरोपमा खानीगाउँ–१ का विष्णुबहादुर खड्का पक्राउ परेका छन् । खड्कामाथि गाउँकै १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ ।आजको नागरिक दैनिकमा खबर छ ।
किशोरीकी आमाले दिएको उजुरीका आधारमा खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गुपचुप रुपमा घटना मिलाउन पीडक पक्षले दबाब दिइरहेका बेला उजुरी दर्ता गरेपछि पीडित परिवार गाउँबाट विस्थापित भएको छ । छोरीको न्यायका लागि प्रहरीमा उजुरी दिनुनै अहिले आफ्ना लागि अभिशाप बनेको आमा बताउँछिन् ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment