ल्कबष्टर सिरिज नाईँ नभन्नू ल फिल्म निर्माण यूनिटले फोर्थ सिरिजका लागि कलाकार अडिसनको आह्वान गरेको छ । स्क्रिप्टले खोजे जस्तो कलाकार नभेटेपछि यो टिमले पहिलो पटक कलाकार अडिसनको आह्वान गरेको हो । भाग्य बदल्ने अबसर भन्दै निर्देशक बिकास अचार्यले नाईँ नभन्नू ल ४ मा फाईनल हुने कलाकारलाई नाईँ नभन्नू ल ५ मा समेत खेलाईने बताएका छन् । दिईएको जानकारी अनुसार १७ देखि २५ बर्ष उमेर सम्मको एक मुख्य हिरो सहित एक सहायक हिरो र प्रियंका बाहेक थप दुई हिरोइन नाईँ नभन्नू ल ४ का लागि आवश्यक छ । त्यस बाहेक अन्य स- साना भूमिकाका लागि पनि नयाँ कलाकारहरुलाई अवसर दिईने उनले बताएका छन् । निरन्तर हिटको सिरिजको रुपमा स्थापित भएको नाईँ नभन्नू ल यूनिटले पहिलो सिरिजमा जीवन लुइँटेललाई मुख्य हिरो बनाएको थियो भने दोश्रोमा चाईल्ड स्टार हुन सफल अनुभव रेग्मीका साथमा सुरज सिहं ठकुरी र प्रियंका कार्कीलाईलाई ब्यानर प्रवेश गरेएका थियो । यस्तै तेश्रो श्रृङखलामा पुनः अनुभव र सुरज सिहंका साथमा आर्यन सिग्देलको ब्यानर प्रवेश भएको थियो भने चौथोमा अनुभव र प्रियंका कार्की बाहेक सवै कलाकार नयाँ हुने बताईएको छ । जीवन लुइँटेलको नाईँ नभन्नू ल पहिलो श्रृङखलाले करिब साढें दुई करोडको ब्यापार गरेको थियो भने अनुभव रेग्मीको नाईँ नभन्नू ल २ ले पाँच करोड र गत चैत्र २७ गते प्रर्दशन भएको नाईँ नभन्नू ल ३ ले सवाँ ३ करोडको ब्यापार गरेको थियो । गीत संगीत र कथा शैलीका कारण नाईँ नभन्नू ल सिरिज नेपाली फिल्म मार्केटमा एउटा ब्रान्ड बन्न पुगेको छ जसकारण यो ब्यानरको फिल्म खेल्न नेपालका स्थापित कलाकारहरुे समेत मरिहत्त गर्दछन् ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: enterintment
0 comments:
Post a Comment