Friday, July 24, 2015

जागिरे शीतल


काठमाडौ, श्रावण ८ - गायिका शीतल मोक्तान जागिरे हुन् भन्ने कुरा उनकै प्रशंसकलाई समेत थाहा नहुन सक्छ । एमबीएको अध्ययन पुरा गरेकी शीतल जावलाखेलस्थित स्टाफ कलेजमा वरिष्ठ सहायक पदमा कार्यरत छिन् । गायिका कुन्ति मोक्तान तथा संगीतकार शिलाबहादुर मोक्तानकी यी गायिका छोरीले सरकारी जागिर खानुपर्ने कारण आफ्नो अध्ययन भएको बताएकी छिन् । आफूले पढेको कुराको सदुपयोग गर्न आफूले जागिर खाएको शीतलको तर्क छ । त्यसो त शीतललाई सरकारी कर्मचारी भएर देशको सेवा गर्ने सानैदेखिको रहर समेत पूरा गर्नु थियो । शीतल कार्यरत स्टाफ कलेजले देशका निजामती कर्मचारीहरूलाई प्रशिक्षण प्रदान गर्छ । निकट भविष्यमै एकल एल्बम सार्वजनिक गर्ने तयारीमा रहेकी शीतलले उक्त एल्बमको एउटा गीत दिवंगत निर्देशक आलोक नेम्वाङप्रति समर्पण गर्ने योजना बनाएकी छिन् ।

0 comments:

Post a Comment