मैले धेरै नै सोचविचार गरेर न्युनतम लागतमा कामदार विदेश पठाउने निर्णय गरेको हुँ। यसका लागि सरकारी तवरबाट ६ महिनासम्म गृहकार्य भएको छ।
म्यानपावर व्यवसायीले भनेकोजस्तो यो हचुवाको भरमा आएको होइन्। यो कामदारको हितमा त छदैँछ, व्यवसायीको हितमा पनि यो निकै उपयुक्त छ । यस बारेमा मेरो निकै टिकाटिप्पणी भएका छन् । आर्थिक प्रलोभनका कुरा पनि उठे । मैले विदेश जाने कामदार संझेर यो निर्णय गरेको हुँ।
म्यानपावर व्यवसायीहरुले अहिल काम नै छाडेर आन्दोलन गरिरहेका छन् । आन्दोलनले उनीहरुको व्यवसाय खत्तम हुने हो। आन्दोलन फिर्ता लिएर सरकारी निर्णय कार्यान्वयन गराउनेतर्फ उनीहरु लाग्नुपर्छ ।
म्यानपावर व्यवसायीलाई म आन्दोलन छाडेर म्यानपावर खाेल्न अनुरोध गर्दछु। सरकारी निर्णय राम्रो छ भनेर स्वागत पनि गर्ने, तर निर्णय मान्दिन भन्नु कुनै हाँस्यास्पद कुरा हो।
मैले कामदार र व्यवसायीको हित विपरित काम गरेको भए सम्बन्धित ७ वटा देशमा अनुगमन गर्न जाऔ।
रोजगारदाता कम्पनी, कामदारसँग वस्तुस्थितिबारे बुझौं। अहिले समस्या भने बीचमा रहेका एजेन्टहरुले विगारेका हुन् । फ्रि भिसा र टिकट पठाउन विदेशी रोजगारदाता कम्पनी पनि तयार छन् । एजेन्टका कारण कामदारले महँगो शुल्क तिर्नुपरेको हो ।
म्यानपावर बन्द गराएर समस्या सिर्जना नगर्न म म्यानपावर व्यवसायीसँग आग्रह गर्छु । मलाई विश्वास म्यानपावर व्यवसायीले छिट्टै आन्दोलन फिर्ता लिएर सरकारी निर्णय कार्यान्वयन गराउन पहल गर्नेछन् ।
सेतोपाटीका प्रकाश ढुंगानासँग मन्त्री गुरुङले गरेको कुराकानीमा आधारित
0 comments:
Post a Comment