Wednesday, July 8, 2015

आज पनि खुलेनन् उपत्यकाका म्यानपावर


काठमाडौं, असार २४

फ्रि भिसा र टिकटमा कामदार विदेश पठाउने सरकारी निर्णय विरुद्ध अनिश्चितकालिन आन्दोलनमा उत्रिएका व्यवसायीहरुले आज पनि म्यानपावर बन्द गराएका छन्।  
 
सरकारी निर्णय खारेजको माग गर्दै म्यानपावर व्यवसायी हिजोदेखि काम नै बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।
 
म्यानपावर बन्द हुदाँ भिसा लागेर विदेश जान लागेका कतिपय कामदार म्यानपावरले दिनुपर्ने कागजात नदिएका कारण समस्यामा परेका छन् । राजधानीमा मात्र ७ सयको हाराहारीमा म्यानपावर कम्पनी छ ।
 
त्यस्तै ४७ वटा म्यानपावर कम्पनीको श्रम स्वीकृति स्थगित गरिएको भन्दै म्यानपावर व्यवसायीहरुले त्यसलाई खोल्न समेत माग गरेका छन् । आफूहरु आन्दोलनमा उत्रिएपनि श्रम मन्त्रालयले छलफलका लागि कुनै वास्ता नगरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङले जानकारी दिए । सरकारी निर्णय खारेज नहुन्जेलसम्म आफूहरुको आन्दोलन नरोक्ने उनले बताए ।

0 comments:

Post a Comment