दमौली, ९ साउन । नारायणगढबाट बागलुङ जाँदै गरेको ना३ख ४७२८ नम्बरको बस घाँसीकुवा गाविसको कमलबारीमा शनिबार दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन् । घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । तीव्र गतिमा गुडेको उक्त बसको स्टेरिङ फेल भई बस सडकबाट बारीमा खसेको थियो । बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment