विराटनगर, ९ साउन । मोरङमा खोलामा नुहाउन गएका एक बालकको डुबेर मृत्यु भएको छ । सिसवनी जहदा–८ बस्ने भदो हस्दाको दुई वर्षीय छोरा शिवलाललाई घर नजिकको लोहन्द्रा खोलाले बगाउँदा डुबेर मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । साथीहरुसँग नुहाउन खोलामा पुग्दा सो घटना भएको हो । चट्याङ लागेर एक महिलाको मृत्यु चट्याङ लागेर शुक्रबार बेलुकी धनकुटामा एक महिलाको मृत्यु भएको छ । लेगुवा–७ स्थित गहते सालघारी बस्ने ५७ वर्षीया डम्बरमाया भण्डारीको घटनास्थलमै मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
उक्त स्थानमा लेगुवाबाट प्रहरी टोली खटिसकेको बताइएको छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment