Saturday, July 25, 2015

अश्लिल भिडियोबनाएर केटी साथीलाई यातना दिने पक्राउ


प्रेमिकाको गोप्य यौन भिडियो बनाएर साथीको फेसबुकमार्फत पीडितका आफन्त र साथीहरूलाई पठाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रेमिकासँगको सम्बन्ध राम्रो भएपछि उनकै गोप्य रुपले यौन भिडियो बनाई साथीको फेसवुक आईडी प्रयोग गरी बिभिन्न अश्लिल फोटोहरु तथा भिडियो अपलोड गरी पीडीतका आफन्त तथा साथीहरुलाई पठाउने गमान रोकायालाई प्रहरीले हुम्लाबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले धम्कीपुर्ण म्यासेज समेत पठाई यौन बिलासिताको लागि पटक–पटक डर त्रास देखाई मानसिक यातना दिई केटी साथीको ब्यक्तिगत चरित्रमासमेत आउँच आउने काम गरेको हो। हुम्ला सिमीकोट गा.वि.स.वडा नं.३ बस्ने बर्ष २८ को घमन रोकाया भन्ने गमान रोकायालाई बुधबार सिमीकोटबाट पक्राउ गरी महानगरीय अपराध महाशाखा काठमाडौं ल्याएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।

0 comments:

Post a Comment