Tuesday, June 7, 2016

पहिले र अहिलेका ओली उही होइनन्


मानवअधिकारवादी गोपाल शिवाकोटी ‘चिन्तन’ ओलीका प्रखर आलोचक मानिन्छन् । नेपाल र भारतबीच महाकाली सन्धी हुँदा उनी ओलीबिरुद्ध खुलारुपमा उत्रिए । मदन भण्डारीको हत्यामा माधव नेपालसहित ओलीको हात रहेको प्रचारमा समेत उनको संलग्नता रहेको बताइन्छ । प्रस्तुत छ, उनै चिन्तनको विचार—

अहिले ओलीले बोलेका कुरा र भारतसँग लिएका अडान उनको मात्रै नभएर राष्ट्रका विषय हुन । नेपालको परराष्ट्र सम्बन्धको नयाँ बाटो खुलेको छ । यसले इतिहास बनाएको छ । अब हामी भारत निर्भर हुन चाहदैनौ । चीन र भारतसँग बराबरी सम्बन्ध राखेर अघि बढ्ने उनको अठोट सिंगो देशको अठोट हो ।

म २०३५ सालमा पढ्न काठमाडौ आएँ र नेपाल ल क्याम्पसमा भर्ना भएँ । टंक कार्कीलाई संयोजक बनाएर हामीेले अखिल पाँचौ बनायौं । भूमिगत नेकपा मालेको भात्रृ संगठनलाई नेपाल ल क्याम्पसमा बलियो बनाउने म, युवराज संग्रौला, तिर्थ कोइराला, हरिकृष्ण कार्की, अग्नी खरेल हौं । केपी ओलीहरु जेलमा थिए ।

हामी राजबन्दी रिहाईको अभियानमा पनि सक्रिय भयौ । भद्रगोल र नख्खु जेलमा रहेका राजबन्दीहरुलाई बाहिरबाट सूचना र सम्पर्क दिने काम हामी नै गथ्र्याैं । पत्रपत्रिका, पुस्तक, कपडा पु-याउँथ्यौं ।

ओलीसँगको मेरो चिनजान त्यही बेलादेखि हो । उनी जेलबाट छुटेपछि पनि बाक्लै भेटघाट भयो ।

त्यस बेला ओलीको राजनीतिक उचाइ ठूलो थिएन । न वैचारीक लेख आउथे, न पुस्तक नै । झापा आन्दोलनका नेतामा मोहनचन्द्र अधिकारी, सिपि मैनाली, राधाकृष्ण मैनालीको नाम आउथ्यो । दोश्रो दर्जाको नेता मानिन्थे, उनी । उनी खरो क्रान्तिकारी पनि कहिल्यै मानिएनन् ।

जेलबाट छुटेपछि भने पार्टीमा उनको छवि राम्रो बन्दै गयो । तर, त्यो बेला एउटा पत्रिकामा उनको अन्र्तवार्ता आयो, झापा आन्दोलनमा मान्छे मार्ने कारवाहिमा सामेल थिइन, लहलहैमा लागेको हुँ भनेर । त्यत्रो बर्ष जेल बसेको मान्छेले किन त्यसो भनेको होला ?

सायद उनले सिपि, राधाकृष्ण, मोहनचन्द्रभन्दा फरक र राम्रो देखाउन त्यसो भने होलान् ।

पहाड घर एकै ठाउँ रहेका हाम्रो पारिवारिक नाता पनि पर्छ । तर, उनीसँग मेरो व्यक्तिगत र पारिवारिक कुनै रिस छैन ।
मैले उनको आलोचना गर्ने कारण महाकाली सन्धि नै हो । महाकाली सन्धि हुनुमा उनको महत्वपूर्ण भूमिका छ, माधव नेपाल महासचिव भए पनि । महाकाली सन्धि राष्ट्र हितविपरित र भारतको हितमा भएकै हो । यो कोशी र गण्डकी जस्तै राष्ट्रघात हो । यस विरुद्ध हामीले अदालतमा मुद्धा पनि हाल्यौ । त्यो समयमा ओलीको भूमिका तत्कालिन भारतीय राजदूत केभि राजन जस्तै थियो ।

मदन भण्डारी र जिवराज आश्रितको हत्या, दुर्घटना जे भनेपनि छानबिन गराउन माधव नेपालसहित उनले भूमिका निर्वाह गरेनन् । भण्डारी कम्युनिष्टको मात्र नभएर देशका नेता थिए ।

२०६२–६३ को जनआन्दोलन विरुद्ध पनि ओलीले बोले । तर, देशमा गणतन्त्र आयो ।

अहिले ओलीलाइ संयोगले देशभक्त र राष्ट्रवादी बनाएको छ । तर, हिजो र आजका ओली उही होइनन् । उनी सच्चिएका हुनसक्छन् ।

पहिलो संविधान सभाले संविधान बनाउन नसकेको अवस्थामा भूकम्प पछि नेपालका राजनीतिक दलहरुमा एकता देखियो, संविधान ल्याउन । ओली त्यसमा अरुभन्दा बढि सक्रिय हुनुमा संविधान ल्याएर प्रधानमन्त्री बन्न हुनसक्छ ।
संविधान निमार्ण प्रक्रियामा भारतले हस्तक्षेप ग-यो । तराई मधेशको भावनालाई दुरुपयोग ग-यो । जानी नजानी सबै प्रयोग भए, मधेशमा ।

भारतले नाकाबन्दी लगाएपछि र प्रधानमन्त्री भएपछि ओलीको बोली र अडानको म सह्राना गर्छु । यो विगतलाई सच्याउने सुवर्ण अवसर पनि हो । अहिले उनले लिएका अडान सबै सही छन् । यो संकटपूर्ण बेला एमालेका अरु नेताका त के कुरा, प्रचण्डले पनि यति अडान लिदैन थिए भन्ने लाग्छ ।

अहिले ओलीले बोलेका कुरा र भारतसँग लिएका अडान उनको मात्रै नभएर राष्ट्रका विषय हुन । नेपालको परराष्ट्र सम्बन्धको नयाँ बाटो खुलेको छ । यसले इतिहास बनाएको छ । अब हामी भारत निर्भर हुन चाहदैनौ । चीन र भारतसँग बराबरी सम्बन्ध राखेर अघि बढ्ने उनको अठोट सिंगो देशको अठोट हो ।

उनकै कारणले अहिले देशको प्रतिष्ठा बढेको छ । हामी पनि बोल्न सक्ने भएका छौ । यो गौरवको विषय हो ।

ओलीको भारत भ्रमण पनि राम्रो भयो । उनलाई भारतले हार्दिकतासाथ बोलाएको पनि होइन । नाकाबन्दी लम्बिएपछि राष्ट्रसंघमा स्थायी सदस्यको दाबी गरीरहेका भारत विश्वमा बदनाम भएकाले सच्याउन उनलाई बोलाएको हो । तर ओली भारतसँग झुकेनन् । भारतले चाहेको पाएन ।

नेपालको संविधान भारतकोभन्दा उत्कृष्ट छ । संविधानबारे भारतको असहमति हस्तक्षेप हो ।

ओलीको चीन भ्रमण त ऐतिहासिक नै भयो । चीन अहिले पहिलेभन्दा धेरै खुलेको देखियो । भारतले ठेलेर भित्तामा पु-याएको नेपाललाई चीनले छिमेकी र अन्र्तराष्ट्रिय मान्यतामा रहेर सहयोग र सम्झौता ग-यो । पारवहन सन्धि भएको छ । देश बनाउने हामीले हो । अरुले त सहयोग गर्ने न हो ।

0 comments:

Post a Comment