Monday, September 14, 2015

बबन सिंहले दिए पेट्रोल खन्याएर मार्ने धम्की,


रौतहट, भदौ २९ । पूर्वसभासद् बबन सिंहले मधेस आन्दोलनको मर्मविपरित समाचार लेखेको भन्दै रौतहटका ३ पत्रकारलाई पेट्रोल खन्याएर मार्ने धम्की दिएका छन्।

स्थानीय कोहीनुर एफएमबाट प्रसारित प्रत्यक्ष कार्यक्रममा पूर्व सभासद् सिंहले नागरिककर्मी मदन ठाकुर, एभिन्यूज टिभीका गौतम श्रेष्ठ र कान्तिपुर दैनिकका शिव पुरीलाई ज्यानमार्ने धम्की दिएका हुन्।

पूर्वसभासद् बबन सिंहले दिएको यस प्रकारको धम्कीको नेपाल पत्रकार महासंघ रौतहट शाखाले कडा रुपमा भत्र्सना गरेको छ । नागरिक दैनिकमा समाचार छ ।

0 comments:

Post a Comment