पोखरा, भदौ – प्रहरीले पोखराको जाल्पारोडमा छापा मारेर यौन धन्दामा संलग्नलाई रंगेहात पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बैदामको टोलीले यौन व्यवसायमा संलग्न भएका भन्दै ३१ युवती र १२ जना पुरुषलाई प्रक्राउ गरेको हो । यौन कार्य भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी निरिक्षक विरेन्द्र गोदारको नेतृत्वमा गएको टोलीले यौनजन्य क्रियाकलापमा संलग्न ४३ जनालाई पक्राउ गरेको हो ।
जाल्पारोडमा रहेका बिभिन्न खाजाघरहरुमा चेकजांच गर्दा महिला र पुरुषहरु आपतिजनक अवस्थामा भेटिएएका थिए । पक्राउ परेकाहरुलाई आबश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीका प्रवक्ता गोविन्द अधिकारीले जानकारी दिए ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment