Tuesday, September 15, 2015

यस्तो ठाउँ, जहाँ विद्यालयमै सेक्स गर्न सिकाइन्छ


केटोकटीलाई स्कुल किन पठाइन्छ ? यसको सहजै उत्तर आउँछ राम्रो शिक्षा लिएर भविष्यमा समजमा प्रतिष्ठित व्यक्ति बनाउन । अस्ट्रियाको राजधानी भियनामा एउटा यस्तो विचित्रको स्कुल छ जहाँ सेक्स खुल्ला छ । यो सेक्स स्कुलमा विद्यार्थी भर्ना गरी उनीहरुलाई सेक्सका बारेमा व्यवहारिक शिक्षा प्रदान गरिन्छ । यद्यपि यो स्कुलमा पढ्नका लागि पढ्नका लागि सर्वसाधारणले भने विद्यार्थी भर्ना गराउन सक्दैनन् । अर्थात् गाँठवालाले मात्र यो स्कुलमा पढ्न सक्छन् ।

यो स्कुलमा पढ्नका लागि एक शैक्षिक सत्रको १४ सय बेलायती पाउण्ड अर्थात दुइ लाख रुपैयाँ भर्ना शुल्क लाग्छ । अस्ट्रियन इन्टरनेसनल सेक्स स्कुलमा १६ वर्ष पार गरेका किशोर किशोरीले मात्र भर्ना हुन पाउँछन् । विद्यालयमा छात्र छात्राको छुट्टाछुट्टै छात्राबास छैन । एउटै होस्टेलमा, अझ भनौ एउटै कोठामा पनि केटाकेटी बस्न पाउने सुविधा छ । यसो गर्नुको खास कारण भनेको विद्यालयमा पढाइने यौन सम्बन्धी पाठहरु उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन् भन्ने नै हो । स्कुलकी प्राचार्य एल्वा मारिया थम्पसनका अनुसार विद्यालयको मूल उद्धेश्य भनेकै युवा युवतीलाई असल प्रेमी बनाउन सिकाउनु हो । एजेन्सी

0 comments:

Post a Comment