१. सेतो कुर्ता, सेतो सलवार, झनै निधारमा एउटा रातो टिका लगाईदिने हो भने त माँ कसम एम्बुलेन्स नै देखिन्छ । २. के हो कल सेन्टरमा काम गर्छौ कि क्या हो, मेरो ३ पुस्ताकै नाम थाहा रैछ त, कल सेन्टर हैन, होम सेन्टरबाट तेरो आमा बोल्दैछु, भरे घर त आईज तँ ट्यापेलाई मैले जान्या छु । ३. आईफोन, आईप्याड र आईटम देख्दा मात्र राम्रो हुन्छ, तर बोक्दा लाष्टै महँगो पर्छ । ४. अरे सेन्टी सिनमा कमेडी म्युजिक हाल्छस्, मुखले त सक्दैन कहाँ कहाँबाट बोल्छ रे भुत । ५. लफडा र बच्चा आईमाईले नै जन्माउँछ । ६. दुध खाएर बुद्धि आउने भए, भैँसीको पाडा पाडी सबै डाक्टर र पाईलट हुने थिएन, कुरा गर्छ । ७. साले कोकको बोतल, दिमाग हुने ठाउँमा ढक्कन लाग्या छ, अनि हुन्छ । ८. म सँग पँगा लिनेको सिधै नमस्कार हुन्छ । तोराके चेहेरे पर १२ बजेला, अभि ह्विस्की, ब्राण्डी पियके बात करत हो, साला, कुत्ता, भुत । १०. लाईफ भनेको आईस क्रिम जस्तै हो टेष्ट गर्दा नि पग्लिन्छ, वेष्ट गर्दा नि पग्लिन्छ, सो टेष्ट इट एण्ड डन्ट वेष्ट इट । ११. ओए लावारिस म यहाँ बाटो छोड्न हैन, तेरो टाउको फोड्न आएको हुँ । १२. हेर, सँसारमा लड्कीहरु रुने धेरै कारण हुन्छ, तर साला लड्काहरु एउटै कारणले रुन्छ, त्यो हो लड्की । १३. सिनेमा र लड्की एउटै हो, सिनेमा, एक शो छुटे अर्को शो चल्छ, लड्की, एउटीसँग छुटे अर्कीसँग चल्छ । १४. साले यो नबोल्दा त यस्तो छ, बोल्न थाल्यो भने मलाई लाटो बनाउँछ रे यसले । १५. महलमा बस्नेहरुको सपना देखेर आफ्नै झुपडीमा आगो लगाईस हैन तैले ?







0 comments:
Post a Comment