Wednesday, September 2, 2015

‘आन्दोलन मत्थर पारेपछि मात्रै प्रक्रिया’



काठमाडौं , भदौ १७ । कांग्रेसभित्र मधेसमा उठिरहेको आन्दोलन मत्थर नबनाइ संविधान जारी गर्ने प्रक्रियामा अघि नबढ्न पार्टी नेतृत्वलाई दबाब परेको छ ।

नेतृत्वले वार्तालाई भन्दा संविधान निर्माण प्रक्रियाामा जोड दिएको भन्दै पार्टीका दोस्रो तहका प्रभावशाली नेता र मधेसबाट प्रतिनिधित्व गर्ने सभासद असन्तुष्ट बनेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

उनीहरुले केही दिन संविधान निर्माण प्रक्रियालाई स्थन गरेर भएपनि आन्दोलनरत पक्षसँग वार्तामा बस्नुपर्ने नत्र मुलुक विखण्डनतर्फ जाने चिन्ता व्यक्त गरे । यस्तो दबाब परेपछि नेतृत्व अन्यौलमा छ ।


0 comments:

Post a Comment