Wednesday, September 2, 2015

जिया खानको हत्या आरोप लागेका सुरज हार्न तयार


अभिनेत्री जिया खानले २०१३ मा आत्महत्या गरेपछि उनका प्रेमी भनिएका सूरज पंचोली अहिलेपनि तनावमा छन् । जियाले आत्महत्या गर्नुको कारण सूरज भएको भन्दै उनले ३० दिनसम्म जेल सजाय समेत भोगिसकेका छन् । तर बारम्बार सूरज जियाको आत्महत्याबाट दुख भएको बताउँदै आएका छन् ।

भारतको इंडिया टुडेलाई एक अन्तरर्वार्ता दिदै उनले भने -‘मलाई लाग्दैन जियाको मृत्युपछि अन्य व्यक्तिहरुले मलाई राम्रो सोच्छन् । म त्यो सूरज हुँ जो ३ बर्ष पहिलाको थिए । मेरो साथ अहिले जे भइरहेको छ त्यो मेरो दिमागमा अझै पनि ताजा छ । उनले अगाडी भने मुद्दा अहिलेपनि अदालतमा छ म अदालतको फैसला पर्खिरहेको छु ।’



सूरजले अभिनय गरेको पहिलो चलचित्र हिरो चाँडै प्रदर्शन हुँदैछ । सूरजको करियर बनाउन बलीउडस्टार सलमान खानले निकै ठुलो मदद्त गरिरहेका छन् । सूरजले सलमानको विषयमा बोल्दै भने -‘मेरो समस्या सलमान खानलाई बताउन चाहन्न थिए किनकी उहाँ मेरो समस्यालाई लिएर चिन्तित बन्नु नपरोस् । जब म मुस्किल थिए तब मेरो परिवारले निकै ठुलो साथ दिएका थिए जति बेला मलाई परिवारको साथ आवश्यक थियो ।’

सूरजले अगाडी भने -‘जियाको मृत्युपछि मैले धेरै कुरा सुने जसले मलाई अझ बलियो बनाएको छ । अब म मेरो करियरको सुरुवातमै असफल हुन तयार छु ।’ चलचित्र ‘हिरो’को ट्रेलर लन्च कार्यक्रममा रुनुको सम्बन्ध जियाको केसको सम्बन्धसँग नरहेको उनले खुलाएका छन् । उनले सलमानलाई आफ्नो प्यारा देखाएका थिए । चलचित्र ‘हिरो’ ११ सेप्टेम्बरमा रिलिज हुँदैछ ।


0 comments:

Post a Comment