Wednesday, September 2, 2015

बिहेको हल्लालाई लिएर निश्चल के भने?


लुट’ निर्देशक निश्चल बस्नेतको निर्माण रहेको 'कबड्डी कबड्डी'को टिजर रिलिज भएको दिन टिजरलेभन्दा पनि उनको र ‘होस्टेल रिटन्स’ अभिनेत्री स्वस्तिमा खड्काबीच बिहे हुने खबरले सञ्चारमाध्यम तात्यो। खबर बाहिरिएको केही दिन पछि निश्चलले प्रतिक्रिया जनाउँदै बिहेका बारेमा मिडियामा चाहिने भन्दा बढी हल्ला गरिएको बताएका छन् । आफ्नो र स्वस्तिमाको परिवारबीच पारिवारिक स्तरमा केही कुराकानी भएको तर, मिडियामा आएजस्तो बिहे नै हुन लागेको भन्ने आफैंलाई नै थाहा नभएको जनाएका छन्।

‘घरमा बिहेको कुरा भइरहन्छ । मैले नि केटी खोज्नुस् न त भनेको हूँ ।’ बिहेका बारेमा चलेको कुरालाई भने उनले नकार्न सकेनन्,‘भएको होला । यदि हुने नै भयो भने पनि मैले, उनले वा परिवारले दिएको खबर पो सत्य हुन्छ त । बिहे, इन्गेजमेन्ट त्यस्तो केही भएकै होइन । कसले कहाँबाट के थाहा पाए मलाई थाहा छैन । यदि भयो भने खुशीको खबर दिने म छँदै छु नि !’

बिहेको हल्ला बाहिरिएपछि उनले सञ्चारमाध्यमले फैलाएका अफवाहप्रति पनि रोष पोखे,‘एउटाले तपाईंको इन्गेजमेन्ट कहिले डेट भन्दिनुस् न भन्दैथे । हैन मेरो बिहे मिडियाले नै गरिदिने हो कि क्या हो ? भित्री कुरा के भइरहेको छ हुन दिनुहोस् न, किन बिगार्नुहुन्छ?'

0 comments:

Post a Comment