‘पर्सामा गिरिजाप्रसाद कोइरालाको सालिक ढाल्ने काम सर्वथा गलत हो, यसले सदभाव भड्काउने काम गर्छ,’ दाहालको भनाइ उद्धृत गर्दै एक सभासद्ले ईकान्तिपुरसित भने, ‘यो गम्भीर विषय हो, गणतन्त्रको स्तम्भ ढाले बराबर हो ।’
दाहालले सम्झौता गरेरै भए पनि शीघ्र संविधान जारी गर्नुपर्ने धारणा राखे । ‘संविधान जारी गर्न सकिएन भने भएका उपलब्धी पनि गुम्छन्,’ उनले भने, ‘त्यसैले सम्झौता गरेर भए पनि संविधान जारी गर्नुपर्छ ।’ उनले संविधान बनाउन ढिला गरे परिस्थिति ‘उल्टन सक्ने’ बताए । ‘त्यसो भए हामीलाई नै घाटा हुन्छ,’ उनले भने ।
बैठकले संविधान विद्येयकमा व्यक्तिगत प्रस्ताव दर्ता गर्न छुट दिएको छ भने ह्विप नलगाउने निर्णय गरेको छ ।







0 comments:
Post a Comment