काठमाडौँ २९ भदौ । भारतले नेपालमा संविधानसभाले हासिल गरेको प्रगतिको स्वागत गरेको छ । यसक्रममा धेरै विवादित विषय समाधान भइसकेको भन्दै त्यसका लागि नेपाली नेताहरुले प्रदर्शन गरेको एकताको उसले सरहाना गरेको छ । नयाँ संविधान मुलुकका सबै क्षेत्र, भाग र समाजले ग्रहण गर्न सक्ने र अपेक्षा पूरा गर्न सक्ने हुनुपर्छ भन्ने आफ्नो चाहना रहेको पनि भारतले जनाएको छ ।
‘भारले सधै नेपालमा शान्ति, स्थायित्व, एकता र विकासमा सहयोग गर्दै आएको छ । ’ भारतीय विदेश मन्त्रालयले सोमबार प्रकाशित गरेको विज्ञप्तीमा भनिएको छ, दुई दशकयता नेपालमा हिंसा, अस्थिरता, आन्तरिक द्वन्द्व र राजनीतिक विवादको पनि हामी साक्षी हौं, जसले नकारात्मक परिणामहरु समेत दिँदै आएका छन्।’ नेपाल अझै यो संकटबाट माथि उठ्न नसकेको औंल्याउँदै गत वैशाखको महाभूकम्पले पु¥याएको ठूलो क्षतिका सन्दर्भमा यो पीडादायी रहेको विज्ञप्तीमा उल्लेख छ ।आजको कान्तिपुर दैनिकमा खबर छ ।







0 comments:
Post a Comment