Friday, September 4, 2015

अपहरणमा परेकाको खोजीको क्रममा एक सैनिकको मृत्यु


बग्दाद, १८ भदौ । अपहरणमा परेका १८ जना टर्कीज कामदारको खोजी गर्ने क्रममा सुरक्षाबल र बन्दुकधारीबीच भएको झडपमा एक इराकी सैनिकको मृत्यु भएको समाचार छ । सैनिक स्रोतले शुक्रबार सो जानकारी दिएको छ ।

उत्तरी बग्दादमा अवस्थित सदर सहरमा ‘फुटबल स्टेडियम’ परियोजना अन्तरर्गत निर्माधिन काममा कार्यरत ती कामदारहरु सोही सहरबाट अपहरणमा परेका थिए ।

इस्लामिक स्टेट जिहादी समूहले उत्तरी इराकमा गत १८ महिनाभित्र दर्जनाँै टर्कीजको अपहरण गरेका छन । तर अपहरणमा परेका ती व्यक्तिहरुलाई मुक्त पनि गरिएको बताइएको छ ।

तर पछिल्लो पटक १८ टर्कीज अपहरणमा परेका इराकको सदर सहर सिया अर्धसैनिक बलको बलियो प्रभाव रहेको जनाइएको छ ।

टर्कीका प्रायः सुन्नी विद्रोही बल सिरियाली राष्ट्रपति बसार अल असादको शासन सत्ता फ्याक्नको लागि लडाई गरिरहेका छन ।

यद्यपि इराकी सिया बलले भने बसार अल असादको शासनको पक्षमा रहेका छन् । रासस ÷एएफपी

0 comments:

Post a Comment