Friday, September 4, 2015

निषेधाज्ञाको घेरामा फेरी नेपालगञ्ज


काठमाडौं, भदौ १८ । अघिल्लो निषेधाज्ञा जारी गरिएको एक साता पनि बित्न नपाउँदै नेपालगञ्जमा दोस्रो पटक निषेधाज्ञा जारी गरिएको छ । आज राति ९ बजेदेखि अनिश्चितकालसम्मका लागि निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

अर्को आदेश नभएसम्मका लागि जारी गरिएको निषेधआज्ञामा जिल्लाका पूर्वमा फुल्टेक्रा, पश्चिममा नन्दनी मिल, उत्तरमा राझा चोक र दक्षिणमा जमुनाहसम्म सभा, सम्मेलन, जुलुस लगायत समुहमा भेला हुन नपाइने प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले जानकार दिए । नेपालगञ्ज यसअघि भदौ ७ गते राति ७ बजेदेखि प्रशासनले अनिश्चितकालसम्मका लागि निषेधाज्ञाको आदेश जारी गरिएको थियो । जसका कारण सो क्षेत्र वरपरको जनजीवन व्यापक प्रभावित भएको छ ।

0 comments:

Post a Comment