काठमाडौं, भदौ १८
तस्विर सौजन्यःथानेश्वर गुरागाईँ
गिनिज बुकमा संसारकै होचो ब्यक्तिको रुपमा नाम लेखाएका दाङका चन्द्रबहादुर डाँगीको निधन भएको छ। कार्यक्रमका लागि लण्डन गएका डाँगी अस्वस्थ भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा डाँगीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
१९९६ साल मंसीर १५ गते दाङमा जन्मिएका डाँगीले २०६८ फागुन १४ गते गिनिज बुक अफ वर्ल्ड रेकर्डसले विश्व कै जिवित होचा व्यक्ति भएको पुष्टि गरेको थियो।
डाँगीको उचाइ ५४.६ सेमी थियो। गिनिज बुकको आधिकारिक साइटमा उल्लेख भए अनुसार उनी विश्वमा अहिलेसम्म भेटिएकामध्ये नै सबैभन्दा होचा प्रमाणित भएका हुन्।
यो कीर्तिमान यसअघि भारतका गुल मोहम्मदको नाममा थियो जसको उचाइ ५७ सेमी थियो। जीवित व्यक्ति मध्ये सबैभन्दा होचाको कीर्तिमान चाहिँ यसअघि फिलिपिन्सका जुन्रे वालाविङको नाममा थियो। डाँगीको तौल १२ किलोग्राम रहेको थियो।






0 comments:
Post a Comment