Wednesday, September 2, 2015

विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप


विराटनगर, भदौ १६ – विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । विराटनगरको शनी मन्दीरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।
विरोध र्‍यालीपछि सभा गर्ने क्रममा शनी मन्दीरमा प्रहरीलाई मधेसी मोर्चाका कार्यकर्ताले ढुंगा हानेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि केहीबेर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।
प्रदर्शनकारीले आफूहरुलाई ढुंगाले हान्न थालेपछि दुई सेल अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ । तर प्रदर्शनकारीले भने दर्जनौं शेल अश्रुग्यास भएको आरोप लगाएका छन् ।

0 comments:

Post a Comment