Wednesday, September 16, 2015

नयाँ संविधानमा के छ ? ७ प्रदेश, संघीय राजधानी काठमाडौं, थुप्रै नयाँ कुरा



काठमाडौं, भदौ ३० । असोज ३ गते जारी हुने संविधानले मुलुकलाई सम्बृद्धितर्फ लैजाने अपेक्षा गरिएको  छ ।

जनताले निर्वाचित गरी पठाएको सर्वभौमसत्ता सम्पन्न संविधानसभाले दिन लागेको संविधानमा विगतका तुलनामा थुप्रै नयाँ र राम्रा कुरा समावेश गरिएका छन् ।

मुलुक संघीयतामा जाने घोषणाको कार्यान्वयन यो संविधान अर्थात् नेपालको संविधान २०७२ ले गरेको छ । ७ प्रदेशसहित मोटामोटी सीमांकनसमेत संविधानमा नै गरिएको छ ।

प्रदेशसभाको राजधानी प्रदेशसभाले तोक्नेछ भने संघीय राजधानी काठमाडौं हुनेछ  । संविधान जारी भएपछि गणतन्त्र संस्थागत हुनेछ । राष्ट्रपति र  उपराष्ट्रपति रहेन छन् । राष्ट्रपति राष्ट्र प्रमुखको हैसियतमा रहनेछन् ।

प्रत्यक्ष र समानुपातिक गरी मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरिएको  छ ।

0 comments:

Post a Comment