Wednesday, September 16, 2015

आफ्नै सासुआमालाई बेच्ने कल्पना पक्राउ


३० भदौ, काठमाडौं । आफ्नै सासुआमालाई बिक्री गरेको अभियोग लागेका कल्पना परियार भन्ने कल्पना लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।मोरङ बाहुनी-९ घर भई कपन बस्ने कल्पना र  उनका दाइ कास्की पोखरा उपमहानगरपालिका-१२ हस्पिटल चोक बस्ने बाग्लुङ तारा-९ का ४२ वर्षीय कृष्ण भन्ने जीतबहादुर दर्जीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो । कल्पनाको समूहले विक्री गरेका दुई महिलालाई हालै मात्र भारतको गुडगाउाबाट उद्धार गरिएको छ । उनीहरुलाई बन्धक बनाएर बलात्कार गरेको अभियोग साउदी अबरका दिल्लीस्थित दूताबासका एक कूटनीतिज्ञमाथि लागेको छ ।

कल्पनालाई रामबजार पोखराबाट र जीतबहादुरलाई कपनबाट पक्राउ गरेको हो । कल्पनाले साउदी अरबमा घरेलु कामदारको रूपमा राम्रो तलब हुन्छ भनि आफ्नै सासुआमा र एक महिलालाई नयाा दिल्लीस्थित नेपाली तथा भारतीय दलालहरूको गिरोहलाई बिक्री गरेका थिए ।ब्यूरोले उनीहरुलाई काठमाडौं जिल्ला अदालतसमक्ष पेश हुादा मानब बेचबिखन तथा ओसार पसार -नियन्त्रण) अपराध मुद्धा दर्ता गरिएको छ । ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद लिइएको प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।

0 comments:

Post a Comment