Wednesday, September 2, 2015

निर्देशक बस्नेतको तर्क: ‘दोष न छाति थाप्नेको न गोली हान्नेको’


 काठमाण्डौ। देश संविधान निर्माणको मुखमा रहिरहँदा यति बेला विभिन्न किसिमका हिंसात्मक गतिविधिहरु भइरहेका छन् । टिकापुरमा भएको हिसात्मक घटनासँग यति बेला देश रगतको खोलामा चुर्लुम्म डुबिरहेको छ ।

त्यस्तै घट्ना फेरी मंगलबार पनि विरगन्जमा घट्यो । करिब ५ जनाको मुत्यु भएको विरगञ्ज झडपबाट फेरी एक पटक देश शोकाकुल अबस्थामा परिणत भएको छ । विभिन्न राजनीतिक दलका नेताहरुले आफ्नो माग सम्बोधन गर्न सडकमा जनता उतारेपछि यो हविगत सृजना भएको यस विषयलाई नजिकबाट बुझ्नेहर बताउँछन् । यो हिंसात्मक गतिविधिहरुबाट नेपाली कलाकर्मीहरु पनि निराश भइरहेका छन् ।

टिकापुरको घटनापछि स्तब्ध बनेका कलाकर्मीले पुनः विरगञ्ज घटना प्रति खेद प्रकट गरिरहेका छन् । त्यस्तै निर्देशक निश्चल बस्नेतले भने यो विषयमा फरक विचार आफ्नो आधिकारी फेसबुकमा राखेका छन् । उनले स्टाटस लेख्दै भनेका छन्, ‘जे जस्तो कारण भएपनि आखिर ज्यान त जनताकै मात्र माग्दो रहेछ मेरो माटोले । दोष न छाति थाप्नेको देख्छु न गोली हान्नेको । गलत मान्छे सहि ठाउँमा पुग्ने होडबाजिको नतिजा जस्तो लाग्छ ।’

यसरी लगातार रुपमा भइरहेको शानितपुर्ण आन्दोलन हिंसात्मक बनेपछि कलाकारहरुले पनि उनीहरको माग सम्बोधन गर्नु पर्ने बताउँदै आएका छन् ।

0 comments:

Post a Comment