तर हालै गरिएको एक अध्यनले चुम्बनबारे नयाँ तथ्य बाहिर ल्याएको छ । चुम्बन गर्ने चलन सबै समुदायमा नभएको यो अध्यनले पाहिएको हो । खासमा भन्दा संसारभरीका आधा भन्दा कम सभ्यतामा मात्र चुम्बनको चलन रहेको अध्यनको निष्कर्ष छ । जनावरमा त किस गर्ने चलन निक्कै दुर्लभ छ । खासमा किस किन महत्वपूर्ण छ ? यदि यो साँच्चिकै प्राकृतिक भएको भए जनावरबीच पनि यो हुनु पर्ने । यही विषयमा हालै गरिएको अध्यनले संसारभरीका १६८ संस्कृतिको अध्यन गरिएको थियो । जस मध्ये केवल ४६ प्रतिशत संस्कृतिमा मात्र मानिसहरुबीच रोमान्टिक समयमा चुम्बनको चलन रहेको पाहियो ।
यस अघी संसारका ९० प्रतिशत समुदायमा चुम्बनको चलन रहेको अनुमान गरिएको थियो । तर यो अनुमान गलत सावित भएको छ । यो अध्यन केवल ओंठले ओंठमा गरिने चुम्बन ‘लिप किस’ को अध्यन गरिएको थियो ।
बाबु आमाले छोरा छोरीलाई गर्ने चुम्बनलाई यसमा समावेश गरिएको थिएन । कतिपय समुदायमा चुम्बन गर्नुलाई असभ्य मानिन्छ । ब्राजीलको मेहिनाकू जनजातीय समुदायमा चुम्बन गर्नु अशिष्ठ र असभ्य मानिन्छ । यो अध्यन दलका प्रमुख अमेरिकाको लास भेगास विश्वविद्यालयका प्राध्यापक विलियम जानकोबायकका अनुसार सामान्यतः आम मानिसहरुमा रोमान्टिक बन्दा चुम्बन गर्ने बताउँछन् ।







0 comments:
Post a Comment