नेपाली पपगायनको क्षेत्रमा चर्चाको शिखर चढ्दै गएका गायक बादल प्रसाई पनि कन्सर्टको सफलताका लागि नेपालबाट आउने भएका छन् । उद्घोषकका रुपमा फिस्टेलको पहिलो कन्सर्टमा स्टेज तताउन सफल आरजे सुशील नेपाल दोहोरिने आयोजक कार्कीले बताए ।
देराको पाँच तारे एसियाना होटल साँझ ४ बजेदेखि ९ बजेसम्म चल्तीका नेपाली कलाकारलाई भेला पार्न कस्सिएका विक्रान्त कार्कीले पहिलो कन्सर्टमा भएका कमजोरीहरुलाई सुधार गरी दोस्रो श्रृंखलालाई भव्य, सभ्य र पूर्ण मनोरन्जनात्मक बताउने दाबी गरेका छन् ।
यूएईको नेपाली समुदायमा छोटो समयमा सफल अर्गनाइजरको छवि बनाएका कार्कीले कतारमा विभिन्न सांगीतिक कार्यक्रमको सफल आयोजना तथा चलचित्र प्रदर्शनमा राम्रो अनुभव हासिल गरिसकेका छन् । ट्राभलको क्षेत्रमा लामो अनुभव संगालेका कार्की विगत ७ महिनादेखि दुबईको फिस्टेल ट्राभलमा आबद्ध छन् । यस कन्सर्टको मुख्य स्पोन्सर फिस्टेल ट्राभल नै रहेको छ ।
पछिल्लो समयमा यूएईको नेपाली समुदायमा भव्य सांगीतिक कार्यक्रमहरु हुँदै आएका छन् । तीजको अवसरमा त साप्ताहिक रुपमा नेपालका चर्चित कलाकारहरुले तात्तिदै गएको यहाँको वातावरणलाई नियमित तताइरहेका छन् । यूएईमा नेपाली सुगम संगीत, चलचित्र, लोक तथा पप संगीतको क्षेत्रका चर्चित कलाकारहरुको ओइरो लाग्न थालेको छ ।







0 comments:
Post a Comment