बिहान करिब ९ बजे इलाका प्रहरी कार्यालय मैनापोखरमा झडप हुँदा प्रहरी हवल्दार देवबहादुर पाण्डेको मृत्यु भएको हो । प्रहरीले स्कर्टिङ गरेर गन्तव्यतर्फ पु¥याउँदै गरेका बसमा आन्दोलनकारीले अवरोध पु¥याएपछि झडप भएको हो ।झडप हुँदा प्रहरीले केही सेल अश्रुग्याससहित पाँच राउन्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले बताउनुभयो ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार प्रहरीको गोली लागि दुई प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि नेपालगन्ज लगिएको छ । थरुहट संयुक्त सङ्घर्ष समिति र संयुक्त मधेसी मोर्चाको आह्वानमा २५ दिनदेखि जिल्ला ठप्प छ । झडपका क्रममा घाइते हवल्दार पाण्डेको उपचारका क्रममा शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कुँवरले जानकारी दिनुभयो । रासस







0 comments:
Post a Comment