Thursday, September 3, 2015

फेरि घट्यो सुनको मूल्य



बुधबार २ सय ५५ रुपैयाँले घटेको सुनको भाउ आज बिहिबार पनि २ सय ५० रुपैयाँले घटेको छ।

पछिल्ला केही दिनहरुमा सामान्य घटबढ भइरहेको सुनको मूल्य बुधवार र बिहिबार पनि सामान्यरुपमा घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार  छापावाल सुनको भाउ प्रतितोला ५० हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको छ।  यस अघि हिजो बुधबार सुन प्रतितोला ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको भाउ तोलाको ६ सय ७५ रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य यस अघि हिजो बुधबार पनि प्रति तोला ६ सय ७५ रुपैयाँमा नै कारोबार भएको थियो।

0 comments:

Post a Comment