त्यो प्रस्तावलाई पराजित तुल्याउन खोज्दा समग्र मुलुक नै पराजित भएको बताउँदै उनले चिकित्सा क्षेत्रमा देखिएका अनियमितताका विषयमा निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरे ।
सांसद फर्मुल्ला मन्सुरले बारामा प्रहरीको गोली लागि निधन भएका हिफाजत अन्सारीको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।
सांसद नगेन्द्रप्रसाद थारुले मधेस आन्दोलनका क्रममा निधन भएका व्यक्तिहरुप्रति श्रदाञ्जलि व्यक्त गर्दै मृतकहरुलाई सहिद घोषणा र घाइतेहरुको निःशुल्क उपचारको मागसहित वार्तामा आएर समस्याको समाधान खोज्न आन्दोलनकारीलाई सुझाव दिए ।
सांसद प्रभु साहले हक अधिकार र पहिचानको माग लिएर आन्दोलनमा उत्रेका मधेसी जनतामाथि सरकारले सुरक्षा फौज लगाएर दमन गरिएकामा आपत्ति जनाए । तराईका जिल्लामा हजारौं हेक्टर जमिनमा रोपाइँ हुन नसकेकाले किसान मर्कामा परेका र उनीहरुको राहतका लागि संसद्बाट स्पष्ट निर्देशन जानुपर्ने आवश्यकता पनि उनले औँल्याए ।
सांसद रामदुलारी चौधरीले कैलालीदेखि पूर्वी तराईसम्ममा हत्या र हिंसाका घटनाले तहसनहस हुँदासमेत सरकारले बेवास्ता गरिरहेको आरोप लगाउँदै कैलालीमा थारु समुदायमाथि गरिँदै आएको दमनलाई तत्काल रोक्न माग गरे ।
सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् सांसद अशोककुमार राईले विगतमा भएको सहमतिअनुसार अग्रगामी संविधान आओस् भनेर सडकमा उत्रेका जनतालाई सरकारले दमन गरिरहेको बताए । उनले एकै दिन मुलुकका विभिन्न स्थानमा छ जनासम्म आन्दोलनकारीमाथि गोली बर्साएको आरोप पनि लगाए ।
थुनामा राखिएका फोरम नेपालका केन्द्रीय सदस्य आङ्काजी शेर्पाको तत्काल रिहाईको माग पनि उनले गरे ।
संसद आगामी २० गतेसम्मलाई व्यवस्थापिका संसदको बैठक स्थगित गरिएको छ ।






0 comments:
Post a Comment