Tuesday, September 1, 2015

डेढ महिनामा ११ आत्महत्या


केही समय यता रोल्पामा आत्महत्या गर्नेको संख्या बढ्न थालेको छ।
यही भदौ १४ गते रोल्पामा ३ जनाले झुन्डिएर आत्महत्या गरेका छन्। त्यस्तै भदौ १३ गते १४ वर्षिय एक बालकले आत्महत्या गरेका थिए। गत साउन १८ गते घर्तिगाउमा र २० गते सिर्पमा विष सेवन गरी २ जनाले आम्तहत्या गरे।
साउन १३ गते कोटगाउकी ३२ वर्षिया महिलाले झुण्डीएर आत्महत्या गरेकी थिईन भने १४ गते घोडागाउका १३ वर्षिय बालक र धवाङका ४६ वर्षिय एक पुरुषले झुण्डिएर आत्महत्या गरेको तथ्याङ्क प्रहरीसँग छ।
त्यस्तै साउन ८ गते गैरीगाउँकी २२ वर्षिय एक यूवती र धवाङका ४० वर्षिया अर्की महिलाले पनि झुण्डीएर आत्महत्या गरेका छन्।
त्यस्तै असार ३१ गते लिवाङमा ३२ वर्षिय महिला र हार्जङका २० वर्षिय पुरुषले पनि झुण्डीएर आत्महत्या गरेको प्रहरीले बतायो।
असार ३१ गते २ जना, साउन ८ गते २ जना, १४ गते २ जना, १३ गते १ जना, भदौ १३ गते १ जना, १४ गते ३ जना झुण्डी आत्महत्या गरेका र साउन १८ गते अनि २० गते विष सेवनवाट आत्महत्या गर्नेको संख्या १३ जना रहेको छ।
गत आ.व.मा ४१ जनाले आत्महत्या गरेको तथ्याङ्क भए पनि यो वर्ष डेढ महिनामै ११ जनाले आत्महत्या गरिसकेका छन।
‘आर्थिक कारण सँगै सामाजिक विचलनको प्रभावले पनि आत्महत्या बढेको रोल्पा प्रहरी प्रमुख डिएसपी रमेश थापाले बताए।
‘वैदेशीक रोजगार, फेसन, मोवाईल, ईन्टरनेटको दुरुपयोग लगायतले पनि आत्महत्या बढन सहयोग गरिरहेको थापको भनाई छ।
रोल्पामा पछिल्लो चरणमा आत्महत्याका घटना बढ्न थालेपछि चनाखो तप्काले चिन्ता बढाउन थालेको छ।

0 comments:

Post a Comment