Tuesday, September 1, 2015

प्रधानमन्त्री र महन्थ ठाकुरबीच टेलिफोनमा कुराकानी


उपेन्द्र यादवको मोबाइल स्वीच अफ
प्रधानमन्त्री सुशील कोइराला र तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच मंगलबार बेलुका टेलिफोन वार्ता भएको छ । वार्तामा देशको राजनीतिक अवस्था र संविधान निर्माणका सम्बन्धमा कुराकानी भएको थियो ।

टेलिफोन वार्तामा प्रधानमन्त्री कोइरालाले संविधान निर्माण लगायतका सबै राजनीतिक विषयमा संवादवाट समाधान खोज्न सकिने भएकोले औपचारिक रुपमा वार्तामा बस्न आग्रह गरेका थिए ।
वार्तामा तमलोपा अध्यक्ष ठाकुरले प्रधानमन्त्री कोइरालाद्वारा औपचारिक वार्ताको लागि पठाइएको पत्र पाएको र वार्ताप्रति आफ्नो पार्टी सकारात्मक रहेको जवाफ दिएका थिए ।
तमलोपा अध्यक्ष ठाकुर हिजो मात्र काठमाडौं आएका हुन् ।

हिजो बेलुका प्रधानमन्त्री कोइरालाले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पनि टेलिफोन गरेका थिए । तर सम्पर्क कायम हुन नसकेकोले सो पार्टीका सभासद् शिवजी यादवलाई फोन गरी प्रधानमन्त्रीले टेलिफोन संवाद गरी वार्ताका लागि औपचारिक आग्रह गर्न खोज्नु भएको सन्देश पुर्‍याईदिन आग्रह गरेका थिए ।

0 comments:

Post a Comment