खोटाङबाट पढ्न आएकी ती युवती र राई एउटै कोठामा बस्दै आएका थिए । उनीहरुबीच कोठामा सँगै बसेपछि शारीरिक सम्पर्क समेत भयो ।
गर्भवती युवतीलाई छाडेर राई वैदेशिक रोजगारका लागि कतार गए ।
युवतीले बच्चा जन्म दिईन । दुई वर्षको छोरालाई पालनपोषण गर्दै आएको ती युवती काममा जान्थिन । आइतबार पनि बच्चा राइको जिम्मा लगाएर युवती काममा गइन । साँझ घर फर्कदा छोरा घाइते अवस्थामा देखेर राइलाई सोध्दा सुटकेशबाट लडेर घाइते भएको जवाफ दिए । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
उपचारका लागि सिभिल अस्पताल लग्दा त्यसले वीरलाई रिफर गर्यो । उपचारकै क्रममा बालकको मृत्यु भयो ।







0 comments:
Post a Comment