महोत्तरीको बर्दिबासमा भएको सोमबा साँझ भएको बस दुर्घटनामा मृत्यु भएका आठ जनाको मंगलबार सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृत्यु हुनेहरुमा महोत्तरीको मटिहानी ५ बस्ने १४ वर्षीय विवेक मण्डल, लोहारपट्टी ३ का २५ वर्षीय मनोज कुमार साह, एकरहिया २ का ३२ वर्षीय जगदीश कुमार साह ५ का ३५ वर्षीय रामपुकार यादव, सहोडवा ८ की ४० वर्षीया रानीवत्ती देवी कापर, भ्रमरपुरा ७ का १६ वर्षीय अनिस चौधरी र जनकपुर उपमहानगरपालिका ५ का २० वर्षीय हरि कुमार साह हलुवाई र भारतको सीतामढी जिल्ला अन्तर्गत पर्ने ग्रामपुरका ५५ वर्षीय बुधु साह छन्। घाइतेमध्ये गम्भीर अवस्थाका बनौली ५ का रिचा कुमारी चौधरीको जनकपुर अञ्चल अस्पतालमा, धनुषा हरिपुर ५ का १२ वर्षीय पप्पु मण्डल, चालक जलेश्वर नगरपालिका १२ का रामकेवल मण्डलको उपचार न्युरो अस्पताल विराटनगर, पिपरा ६ का राकेश साह र मुकेश साहको शिक्षण अस्पताल काठमाडौं र मटिहानी ५ का निराजन मण्डलको उपचार भारतको दरभंगामा भइरहेको छ। उनीहरुको अवस्था चिन्ताजनक छ।
अन्य घाइतेहरुको उपचार जनसेवा, शुभ स्वस्तिक, होप, सिटीकेयर, बर्दिबास अस्पताल, जानकी हेल्थकेयर र लालगढ अस्पतालमा भइरहेको छ। स्थानीय जनता, प्रहरी, सेना, सशस्त्र र ट्राफिकको सहयोगमा बर्दिबासस्थित प्राथमिक स्वास्थ्य केन्द्र, सीटी केयर, शुभ स्वास्तिकलगायत उपचार केन्द्रमा भर्ना गरिएको थियो। बस दुर्घटनामा घाइते भएका ७४ मध्ये ९ जना भारतीय नागरिक छन्। तीव्र गतिमा रहेको बस बीपी राजमार्गस्थित बर्दिबास नगरपालिका–५ पाटुमा सोमबार राति सडकबाट खस्दा एक महिलासहित ८ बोलबम तीर्थयात्रीको मृत्यु भएको थियो। सिन्धुलीको हत्तपते गाविसस्थित लंगर महादेवको दर्शनगरी बर्दिबासतर्फ फर्कंदै गरेको ज१ख ५२९ नम्बरको बस सडकदेखि करिब २५ फिट तल खसेको थियो। बसमा सबै बोलबम तीर्थयात्री रहेको छ। तीव्र गतिमा हुइँकिँदै आएको बस गाउँदेखि केहीमाथि तीन बल्ड्याङ खाँदै सडकमुनि खसेको थियो। चालकले सन्तुलन गुमाउँदा दुर्घटना भएको प्रहरीको अनुमान छ। ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक चन्देश्वर यादवले एक महिलासहित ५ को घटनास्थलमै र ३ पुरुषको बर्दिबासस्थित जनसेवा अस्पतालमा मृत्यु भएको बताए। दुर्घटनालगत्तै मुसलधारे वर्षा भएकाले पनि उद्धारमा कठीनाइ परेको थियो।







0 comments:
Post a Comment