१८ साउन । लगातार घटी रहेको सुनको भाउ सोमवार फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार प्रतितोला २ सय रुपैयाँले घटेर सुनको मूल्य ४७ हजार ८ सय रुपैयाँमा कायम भएको छ । एक हप्ता देखि ४८००० मा स्थिर रहेको सुनको मूल्यमा सोमवार फेरि गिरावट आएको हो । सुनको भाउ घटी रहदा चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको प्रतितोला ६ सय ६५ रुपैयाँमा कारोवार भइरहेको छ ।






0 comments:
Post a Comment