Monday, August 3, 2015

बालक हत्याका अभियुक्तलाई फासीको सजाय माग गर्दै प्रदर्शन


परासी , श्रावण १८ - जिल्लाको कुडिया ४ मर्चहवामा देउतालाई चढाउने भनि १० बर्षे बालक सोनु भन्ने जिवन कोहांरलाई हत्या गर्नेलाई फासीको सजाय माग गर्दै मर्चहवाबासीले सदरमुकाम परासीमा प्रदर्शन गरेका छन् । दुई सय स्थानियबासीले प्रदर्शन र नाराबाजी गर्दै फासीको सजाय माग गरेका हुन् । हत्यारालाई फासी दे, अन्धविश्वास कुरितिलाई बढावा दिइनेलाई कारबाही गर, दण्डहिनता बन्द गर, अन्धविश्वास कुरिति बन्द गर लगायतका प्लेकार्ड लिएर नाराबाजी गर्दै स्थानियबासीले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि दुई घण्टा धर्ना समेत दिएका थिए । प्रवेशद्वारमा खटिएको प्रहरीलाई धकेल्दै उनीहरु भित्र प्रवेश गरेका थिए । प्रदर्शनमा बालक, वृद्ध, महिला सबैको सहभागिता रहेको थियो । अन्य हत्याभन्दा फरक प्रकृतिको हत्या भएकोले फासीको सजाय दिनु पर्ने उनीहरुको भनाइ थियो । त्यसैगरि मर्चहवाकै एक बर्ष पहिला वेपत्ता बनाइएको अर्को बालक वेपत्ता भएकोले खोजी गरिनु पर्ने माग समेत गरेका थिए । एक वर्षदेखि गाउँकै १४ वर्षीय छोरा मगरु भन्ने पुर्नवासी हरिजन बेपत्ता भएका छन् ।

0 comments:

Post a Comment