Tuesday, August 11, 2015

रातो पासपोर्ट काण्डका तीन पूर्व सभासदलाई जेल


रातो पासपोर्ट दुरुपयोग गरेको ठहर गर्दै विशेष अदालतले तीन पूर्व सभासदसहित कर्मचारी र बिचौलियासमेतलाई जेल सजाय सुनाएको छ । न्यायाधीश पवनकुमार शर्मा, प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको मंगलबार बसेको इजलासले पूर्व सभासद गायत्री साह, बीपी यादव र शिब पुजनलाई नही ४ महिना कैद र १५ हजार जरिवाना गरेको हो । अघिल्लो संविधानसभामा साह जनता दलकी सभासद थिईन भने यादव र पुजन फोरमका सभासद थिए । विशेषले अध्यागमनका तत्कालिन कर्मचारीहरु इन्कुमार सुनुवार, देबीदत्त खत्री, रमेश लम्साल, श्यामबहादुर भण्डारीर भुमिनन्द भण्डारीलाई पनि उनीहरु सरर नै सजाए सुनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।


0 comments:

Post a Comment