Wednesday, July 8, 2015

बालिकाका बाबुले ट्राफिक नियम पालना गरेनन्: हेमा मालिनी


बलिउड अभिनेत्री तथा बिजेपी सांसद हेमा मालिनी बिहिबार भएको सडक दुर्घटनामा आफ्नो कुनै दोष नरहेको बताएकी छन्। सामाजिक सन्जाल ट्वीटरमा उनले अर्को गाडीको चालकले ट्राफिक नियम पालना नगरेकाले दुर्घटना भएको बताइकी छन्।  मथूराबाट राजस्थान जाने क्रममा उनी चढेको गाडी गत बिहिबार अर्को गाडीसँग ठाोकिएको थियो।
मालिनीले ट्विटरमा लेखेकी छन्– ती बालिका र उनका घाइते परिवारलाई सम्झँदा मलाई नराम्रो लागेको छ। ती बालिकाका पिताले ट्राफिक नियमको पालन गरेको भए यो दुर्घटना हुँदैन थियो र ती बालिकाको मृत्यु हुँदैन थियो। 
हेमा मालिनीका बारेमा धेरै आलोचनाका खबरहरु मिडीयामा आएपछि उनले उक्त घटनालाई मिडीयाले बढाइचढाइ गरेको आरोप लगाएकी छन्। दुर्घटनामा उनको कारको ठक्करले एक बालिकाको मृत्यू भएको थियो भने हेमालाई सामान्य चोट लागेको थियो।
यस्तै मिडीयाप्रति पनि टिप्पणी गर्दै उनले लेखेकी छन्– केही मिडीया र मानिसहरुले खुलेआम मलाई दोष लगाए तर म आफैँ लाचार र घाइते थिएँ। उनीहरु यति गिरे की उनीहरुलाई म यही भन्छु की लाजको पनि ख्याल गर। गड ब्लेस। यसका साथै हेमाले आफुलाई आएका सबै शुभकामना सन्देशहरु पढेको पनि ट्विटरमा लेखेकी छन्।
यस्तै मिडीयाप्रति पनि टिप्पणी गर्दै उनले लेखेकी छन्– केही मिडीया र मानिसहरुले खुलेआम मलाई दोष लगाए तर म आफैँ लाचार र घाइते थिएँ। उनीहरु यति गिरे की उनीहरुलाई म यही भन्छु की लाजको पनि ख्याल गर। गड ब्लेस।
यसका साथै हेमाले आफुलाई आएका सबै शुभकामना सन्देशहरु पढेको पनि ट्विटरमा लेखेकी छन्।

0 comments:

Post a Comment