Friday, July 24, 2015

रिलिज धेरै सहभागिता थोरै : नेफ्टा अवार्डमा जुरीको यस्तो अनुभव


गत बर्ष ८७ वटा फिल्म रिलिज भएका थिए । त्यस मध्ये नोभेम्बर रेन, कबड्डी, हिम्मतवाली, लज्जा, जेरी, नाईँ नभन्नू ल ३ र हवल्दार सुन्तली सर्वाधिक हिट फिल्मका रुपमा गनिए । यी बाहेक टलकजंग भर्सेज टुल्के, स्टुपिड मन र भूलभुलैया ब्रेकईभन बिजनेश गर्ने फिल्मका रुपमा चिनिए । बर्ष ७१ मा २०७० मा प्रर्दशित फिल्मको संख्या भन्दा झण्डै २० को संख्याले कम फिल्म रिलिज भएका थिए तर रिलिजको त्यो संख्या धेरै भएपनि अवार्डमा भने थोरै फिल्मको सहभागीता देखिएको छ । आउँदो श्रावण १२ गते हुने गाईरहेको नेश्नल फिल्म अवार्डका लागि जुरीले जम्मा ५६ वटा मात्र फिल्म हेरेको बुझिएको छ भने दशैको छेकोमा हुन गईरहेको निजी क्षेत्रको सवै भन्दा ठूलो अवार्ड नेफ्टा अवार्डको आठौँ संस्करणमा पनि थोरै फिल्म हेरिएको छ । यस बर्ष झण्डै आधाको संख्यामा नेफ्टा अवार्डमा फिल्मको सहभागीता भएपछि जुरीहरुले समग्र फिल्मको समीक्षात्मक भनाई सार्वजनिक गरेका छन् । नेफ्टा अवार्डमा सहभागी हुन आएका ४७ वटा फिल्महरु मध्ये नयाँ मेकरहरुले बनाएका फिल्महरु हेर्न हुने देखिएका छन् भने पुराना मेकरको कथा भन्नै शैली र निर्माण शैली अझै उस्तै देखिएको जुरीहरुको समीक्षा छ । अन्तिम दिन टलकजंग भर्सेज टुल्के र सुन्तली फिल्म हेरेपछि जुरी मध्येका एक भरत शाक्यले अझै पनि कथावस्तु छनौटमा कन्जुसाई , लेखनको शैली र स्क्रिन प्लेको अभाव नेपाली फिल्ममा देखिएको बताउँछन् । उनले कतिपय फिल्ममा यो कथामा किन फिल्म बनाइएको भन्ने पनि देखिएको बताए । पुराना भन्दा नयाँ फिल्मीकर्मीको शैली राम्रो रहेको उनको भनाई छ । यस्तै उनले थिएटर ब्याकराउन्डका कलाकारहरुमा एक्सप्रेसन राम्रो भएपनि मुभमेन्ट नभएको तर्क गरेका छन् । अर्का जुरी एवं निर्देशक नारायणपुरीले होमवर्क विनाका फिल्मको मेकिङमा धेरै समस्या देखिएको बताएका छन् । उनले निर्देशकले कुन बिषयलाई उठाउँदा आफू स्पष्ट हुन्छु भन्नैनै ध्यान नदिएको तर्क गरेका छन् । यसैगरी जुरी मध्येका अर्का एक कलाकार एवं रगंमञ्चका निर्देशक वीरेन्द्र हमालले अझै पनि नेपाली फिल्ममा सोच, प्रस्तुती, पटकथा लगायतका कुरामा सवैभन्दा कमजोरी रहेको औल्याए । आठौँ नेफ्टा अवार्डका जुरीहरु आठौँ नेफ्टा अवार्डका जुरीहरु उनले कलाकारको अभिनयमा वास्तविकता नै नभएको गुनासो गरे । फिल्ममा वास्तविकता र द्धन्द्धको मिश्रण हुनुपर्ने भएपनि नेपाली फिल्ममा त्यो नदेखिएको उनको बिश्लेषण छ ।यध्यपी कथा छनौट र स्क्रिनप्लेमा समस्या रहेपनि प्राविधिक पक्ष मा भने नेपाली फिल्मले अकल्पनीय फड्को मारेको अर्का जुरी करुण थापाले भनेका छन् । यसैगरी फिल्म सम्पादक समेत रहेकी अर्की जुरी रक्षा सिंह राणा र ब्यावसायी विशेष श्रेष्ठले पनि नेपाली फिल्म निर्माणमा कमजोरी प्रशस्त देखिएपनि नयाँ मेकरहरुका फिल्ममा त्यस्तो समस्या कम देखिएको तर्क गरेका छन् । अन्तरराष्ट्रिय कलाकार मञ्च कतारको सहकार्यमा बकर इदको दिन कतारको राजधानी दोहामा हुन गईरहेको नेफ्टा अवार्डको टप फाईभ नोमिनेशन श्रावण १५ गते सार्वजनिक हुने संयोजक शिव पुरीको भनाई छ । शिवका अनुसार नेफ्टाको एक टिम अहिले कतारमा पुगेर कहाँ र कसरी अवार्ड गर्ने भन्ने बिषयमा अध्ययनरत छ ।

0 comments:

Post a Comment