काठमाडौं, साउन ८ – नेपाल बन्दको अवज्ञा गरेको भन्दै राजधानीको नयाँबजारमा बन्दकर्ताले ट्याक्सी जलाएका छन् । बन्दमा चलाएको भन्दै नेकपा माओवादी विप्लव समूहका कार्यकर्ताले बा १ ज २३०१ ट्याक्सी जलाएका हुन् । हात्तीबनबाट बानीयाटार जाँदै गरेको ट्याक्सीलाई नयाँबजारमा रोकेर आगो लगाएको चालकले बताएका छन् । ‘गाडी रोक्न लगाएर ढोका खोले अनि भित्र एउटा पोका हालेपछि हुरहुरी बल्न थाल्यो,’ चालक तथा ट्याक्सी मालिक राकेश तामाड्डले भने, ‘कपालमा अलिकती आगोले भेटिहाल्यो, अनि म नि ढोका खोलेर भागेँ ।’ नुवाकोट स्थायी घर भएका तामाड्डले आफैले ऋणधन गरेर ६ महिना अगाडी गाडी किनेका तर अब जलाईदिएपछि सबै सकिएको बताए ।

रातो पाटी बाट साभार
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment