काठमाडौँ, ८ साउन । अज्ञात समूहले आज अपराह्न काठमाडौँ नयाँबजारस्थित धारा गल्ली चोकमा भाडाको एउटा ट्याक्सीमा आगजनी गरेका छन् ।
आगलागीबाट ट्याक्सी पूर्णरुपमा क्षति भएको छ । सोह्रखुट्टेबाट बालाजुतर्फ गइरहेको बा१ज २३०१ नं को ट्याक्सी तीन÷चार जनाको समूहले रोकी आगजनी गरेका हुन् ।
आगजनीबाट ३३ वर्षीय चालक राकेश तामाङको कपालको केही भागसमेत जलेको छ ।
तीन÷चार जनाको समूह धारा गल्लीबाट बाहिर निस्की ट्याक्सी रोक्न लगाएको र ढोका खोली केही सामान राखेको जस्तो लागेको थियो एक्कासी आगलागी भयो र आफू हत्तपत्त बाहिर भागेको ट्याक्सी चालक राकेशले बताउनुभयो ।
ट्याक्सीमा आगजनी गरेपछि सो समूह सोही ठाउँतर्फ भागेको चालक तामाङले बताउनुभयो । काठमाडौँ जुद्ध वारुण यन्त्रको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment