Friday, July 24, 2015

पटेर घारीमा बालकको शव फेला


कावासोती, साउन ८ – नवलपरासीको कुडिया गाविस–४ मा आज दिउँसो एक बालकको शव फेला परेको छ । गत मङ्गलबारदेखि हराएका कुडिया–४ मर्चाहाका शिवमङ्गल कोहारका १० वर्षीय छोरा जीवनको गण्डक नहर पछाडिपट्टिको पटेर घारीमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । प्रहरीले बालकको हत्या भएको हुन सक्ने जनाउँदै स्थानीयवासी नौ जनालाई नियन्त्रणमा लिएको छ ।

0 comments:

Post a Comment