Friday, July 24, 2015

नेपाल बन्द गराएर दुवईमा के गर्दैछन् विप्लव ?


काठमाडौं, साउन ८ – राष्ट्रिय स्वाधीनता खतरामा परेको भन्दै नेपाल बन्द आव्हान गरेर विदेश भ्रमणमा निस्केका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द यतिबेला युएइमा छन् ।
पार्टी निकट प्रवासी मोर्चा नेपाली प्रगतिशिल मोर्चाको कार्यक्रममा भाग लिन उनी साउन १ गते कतार हिँडेका थिए । कतारमा मोर्चाका कार्यक्रम सकेपछि विप्लव बुधवार युएइ गएका हुन् ।
के–के देखियो विप्लव माओवादी बन्दमा ? (फोटोस्टोरी)
एकीकृत क्रान्तिको खाकासहित वैद्य माओवादीसँग अलग भएका विप्लवले आबश्यक परे शसस्त्र क्रान्ति गर्न आफ्नो पार्टी तयार रहेको समेत बताएका छन् । शुक्रवार उनी भने युएइमा मोर्चाको कार्यक्रममा सहभागी भएका छन् । दुई दिन उनले युएइमा रहेका नेपालीहरुसँग समय विताए ।

विप्लवसँग फोटो लिएकाहरुले फेसवुकमा समेत राखेका छन् । विप्लवले पहिला नेपालमा, त्यसपछि भारतमा र अहिले खाडी मुलुकमा आफ्नो संगठन निर्माण गरिरहेका छन् । पार्टी स्रोतका अनुसार त्यसपछि उनले युरोपमा संगठन विस्तारको योजना बनाएका छन् । उनले साउन ३ मा कतारमा मोर्चाको सम्मेलन गरेका थिए । सम्मेलनले मोहन केसीको अध्यक्षतामा मोर्चाको २९ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।
आन्तरिक प्रशिक्षण र संगठनात्मक सम्मेलन विप्लवको भ्रमणका उदेश्य रहेको उनी निकट स्रोतले बतायो । विप्लवका साथ पार्टीका अन्तराष्ट्रिय प्रमुख धर्मेन्द्र बास्तालो पनि छन् । माओवादीले भारत–चीनवीच नेपाली भूमि लिपुलेक प्रयोग गर्नेवारे भएको सहमतिको विरोध, भुकम्पपीडितका लागि वितरण गरिएको राहतमा अनियमितता र संविधानको मस्यौदाको विरोधमा विप्लव माओवादीले बन्द आव्हान गरेको थियो ।

यस अघि सो पार्टीले ९ असारमा भारत र चीनबीच भएको व्यापार सम्झौतामा समेटिएको लिपुलेक नाका विस्तार सम्झौताको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको प्रदर्शन गरेको छ ।
रातो पार्टीबाट साभार

0 comments:

Post a Comment