नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिमल ढकालले न्युनतम लागतमा कामदार विदेश पठाउने निर्णय तत्कालका लागि स्थगित गर्नुपर्ने, विदेश जाने कामदारको कोटा सुरक्षित गरी एमओयु गर्नुपर्ने र निर्णय लागू गर्नका लागि उच्चस्तरिय छानविन टोली गठन गर्नुपर्ने सर्त राखेका हुन् ।
आफूहरुसँग छलफल नै नगरी हचुवाको भरमा सरकारले निर्णय गरेको भन्दै उनले असन्तुष्टी जनाए । सरकारले ३ सर्त मान्न तयार भए श्रमराज्य मन्त्रीसँग वार्तामा बस्न समेत सकिने उनले बताए । आफूहरुको मागमा सरकारी पक्ष सकरात्मक भए भोलिदेखि नै बन्द भएका म्यानपावर कम्पनी खुलाउन सकिने उनले बताए । मलेसिया लगायतका खाडी मुलुकमा सरकारले यही २१ गतेदेखि लागू हुनेगरी फ्रि भिसा र टिकटमा विदेशमा कामदार पठाउने निर्णय गरेको हो ।
त्यस निर्णयसँगै व्यवसायीहरुले म्यानपावर नै बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले भने फ्रि भिसा र टिकटमा कामदार पठउने निर्णय कामदार र व्यवसायी दुवैको हितमा रहेको दाबी गर्दै आएका छन् ।
0 comments:
Post a Comment