श्रीनगर। भारतको हिमाञ्चल प्रदेशमा बस खोलामा खस्दा नौ जना यात्रुको निधन भएको छ भने ३२ जना यात्रु नदीमा बेपत्ता भएका छन् ।
ती यात्रुहरु उक्त दुर्घटनास्थलबाट बगेको अनुमान गरिएको छ । बिहीबार साँझ सो बस खोलामा खसेको थियो । त्यस दुर्घटनामा परी २३ जना यात्रु पनि घाइते भएका छन् ।
उक्त दुर्घटना उत्तरी भारतको हिमाञ्चल प्रदेशको कुल्लु जिल्लामा भएको हो ।बिहीबार साँझ सो दुर्घटना भएको भएपनि अहिलेसम्म ती यात्रु भेटिएका छैनन् ।
कुल्लु जिल्लाका प्रहरी अधिकारी राकेश कनवारले सो दुर्घटनामा परी मृत्यु भएका नौ जनाको शव भेटाइएको जानकारी दिए ।
उनकाअनुसार त्यसमा परी घाइते भएकाको स्थानीय अस्पतालमा उपचार जारी रहेको छ । घाइतेमध्ये धेरैजनाको अवस्था गम्भीर रहेको छ।
बाटो सानो र भिरालोका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।उक्त दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment