Wednesday, July 8, 2015

डान्स सिक्दै अनुभव !


काठमाण्डौ , हिजो आज नाम चलेका कलाकार पनि व्यस्तताको बहानामा फिल्म भित्र आफ्नो भूमिका प्रति न्याय गर्न सक्दैनन् । समय अभावको कारण देखाउदै आफुले पाएको भूमिकाका लागि वर्कशप सम्म गर्दैनन् अझ केहि कलाकारहरु । तर पछिल्लो समय ‘नाइँ नभन्नु ल’ को सिक्वेलहरुमा अभिनय गर्दै परिचित बन्दै गैरहेका बालकलाकार अनुभव रेग्मी भने यस प्रति निकै सजग छन् ।

९ बर्षिय यी स्कुले बालकको आजभोलीको दिन चर्चा नै बदलिएको छ । झन्डै बिगत १ महिना देखि अनुभव स्कुल सकिना साथ पुरानो बानेश्वर स्थित एक डान्स एकेडेमीमा पुग्छन र नृत्य सिक्छन । ‘मैले लोक गीतमा नृत्य गर्नु पर्छ भन्ने थाहा पाए अनि डान्स सिक्न आएको हु’ अनुभवले डान्स सिक्नुको कारण खुलाए । ‘नाइँ नभन्नु ल २’ को लागि हार्मोनियम र ‘नाइँ नभन्नु ल ३’ को लागि गितार सिकेका अनुभव यो पटक लोक गीतमा डान्स गर्नु पर्ने भएसी डान्स सिकी रहेका छन् ।

कस्तो हुदैछ त् अनुभवलाइ डान्सको अनुभव भन्ने प्रश्नमा अनुभव भन्छन ‘निकै रमाइलो भइरहेको छ , कहिले कहिँ अल्छी लाग्छ तर सबैले गर्नु पर्छ भन्नु भाको छ त्यसैले सधै आउछु ।’ अनुभवको यो मेहनत र लगाव देखेर नाइँ नभन्नु ल टीमनै मख्ख छन् ।

फिल्मका निर्देशक तथा निर्माता विकास आचार्यले पनि अनुभवको लगाव र मेहनतको तारिफ गरे ।विकास भन्छन ‘अनुभवको रिदम देखि नै देखिएको मेहनत र लगावमा कुनै कमि आएको छैन , उसको मेहनतले उसलाई निकै माथि लैजान्छ ।’ अनुभव जस्तो सिक्ने जिज्ञासु ठुला स्थापित कलाकारमा पनि नभएको उनको तर्क छ ।

अनुभवसंगै नाइँ नभन्नु ल २ , आवरण र नाइँ नभन्नु ल ३ मा संगै काम गरिसकेको नायिका प्रियंका कार्की पनि अनुभवका बारेमा बोलेर थाक्दिनन । ‘अनुभव निकै मेहनेती छ , भनेका कुरा छिट्टै टिप्छ त्यसैले मलाइ खुसि लाग्छ कि म भविष्यको सुपरस्टारसंग यति धेरै काम गरिरहेकी छु’ प्रियंकाले अनुभवको बारेमा बताइन ।

नाइँ नभन्नु ल ४ को लागि अहिले सम्म पक्का भैसकेका कलाकार प्रियंका र अनुभव नै हुन् । नायकको अझै टुंगो लगिसकेको छैन भने यसमा पनि प्रियंका आमा र अनुभव छोराको भूमिकामा देखिने छन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन र वसन्त सापकोटाको संगीत रहनेछ ।


0 comments:

Post a Comment