Tuesday, July 7, 2015

प्रेमीको रक्सी पिउने बानीले तनावमा हुनुहुन्छ, यसो गर्नुहोस्


हुनसक्छ तपाईंहरु एक अर्कालाई निकै माया गर्नुहुन्छ तर तपाईं के गर्नुहुन्छ जब तपाईंको प्रेमी रात–दिन रक्सीमा डुब्नुहुन्छ ? उनलाई यसको लतबाट छुटाउन तपाईंबाट थुप्रैले आशा गरिरहेका बेला तपाईंले उनलाई यत्तिकै छोडिदिन पनि सक्नुहुन्छ तर यदि तपाईं उनलाई साच्चिँकै माया गर्नुहुन्छ भने उनलाई बिस्तारै मरिरहेको देख्न सक्नुहुन्न । यदि तपाईं उनलाई मनबाट नै माया गर्नुहुन्छ भने उनलाई राम्रो जिन्दगीको लागि र रक्सी छुटाउनका लागि यी कदम बढाउनै पर्नेहुन्छ ।   सर्वप्रथम आफै शिक्षित हुनुहोस् र लत के हो थाहा पाउनुहोस्ः आफ्नो प्रेमीको व्यवहारको बारेमा एक पटक अध्ययन गर्नुहोस् । तपाईं उनलाई जर्बजस्ती परिवर्तन गर्नसक्नुहुन्न न त उनलाई अल्टिमेटम दिएर यसको लतबाट छुटाउन सक्नुहुन्छ । उनलाई यो नराम्रो लतको नकारात्मक असरको बारेमा जानकारी दिनुहोस् र उनलाई राम्रो जीवनयापनको लागि प्रोत्साहित गर्नुहोस् । उनीसँग निकै शान्त र आराम तरिकाले कुरा गर्नुहोस् र आफ्नो आवाजको टोनलाई उच्च नबनाउनुहोस् ।   आरोप, गुनासो, धम्की र रिसाउनाले केहि हुनेवाला छैनः आफ्नो प्रेमीसँग बेकारको बहस गर्नबाट बच्नुहोस् किनभने यसो गर्नाले न त उनले तपाईंको कुरा सुन्नेछन् न त आफ्नो नराम्रो बानी नै । ठिक विपरित यसले तपाईंहरुको सम्बन्धमा फाटो ल्याइदिने काम गर्दछ । यो निकै गम्भीर समस्या हो जसको जरासम्म जान निकै आवश्यक छ त्यसकारण धैर्य हुनुहोस् ।   उनलाई उनकै अवस्थामा अपनाउनुहोस्ः यो संसारमा कोही पनि मानिस सर्वगुण सम्पन्न हुँदैनन् र यो कुरा शत प्रतिशत वास्तविक हो । त्यसकारण तपाईंको प्रेमी पनि परफेक्ट नहुन सक्छन् । तर यदि तपाईं उनलाई साँचो प्रेम गर्नुहुन्छ भने उनलाई अफ्नो मायालु हात अगाडि बढाउनुहोस् र हेर्नुहोस्, उनले आफूले आफैँलाई कसरी परिवर्तन गर्नेछन् ।   सुधार केन्द्रको सहायता लिनुहोस्ः यदि तपाईंको प्रेमी तपाईंको प्रेमका लागि नशाको लत छोड्न चाहनुहुन्छ भने तपाईं उनलाई सुधार केन्द्रमा लिएर जान सक्नुहुन्छ । एउटा राम्रो डिटक्स प्रोग्रामले उनको शरिरबाट नकारात्मक पक्षहरु बाहिर निकालेर उनलाई उर्जावान् बनाइदिन्छ ।   यदि तपाईं आफ्नो खुसी आफ्नो सम्बन्धका कारण गुमाउँदै हुनुहुन्छ भने… यदि तपाईंको प्रेमी आफ्नो लतमा पूरै डुबेका छन् र त्यसलाई छोड्नको लागि तयार छैनन भने उनलाई तपाईंले एउटा विकल्प दिन सक्नुहुन्छ । उनलाई आफू र बोतल बिच एउटालाई छान्ने विकल्प तपाईंले दिनसक्नुहुन्छ । यदि तपाईंका प्रेमी तपाईंहरुबिच बोतललाई छान्छन् भने यसमा तपाईंले केहि गर्न सक्नुहुन्न । यदि उनले तपाईंलाई छान्छन् भने थाहा पाउनुहोस् कि तपाईंको प्रेम साँचो हो ।

0 comments:

Post a Comment