Thursday, July 23, 2015

एक्कासी छापा मार्दा यातायात कार्यालयबाट ४१ जना दलाल पक्राउ


काठमाडौं, साउन ८ – महानगरीय प्रहरी परिसर ललितपुरले एकान्तकुनास्थित बागमती अञ्चल यातायात कार्यालय र ताल्छिखेलस्थित यातायात कार्यालय परिसरमा रहेका दलाललाई नियन्त्रणमा लिएको छ । यातायात कार्यालयमा दलालको बिगबिगी रहेको र सर्वसाधारण विभिन्न बहानामा ठगिनुपरेको गुनासो आएपछि प्रहरीले बिहान ११ बजे दुवै कार्यालय परिसरमा एकैपटक छापा मारेको हो । छापा मार्ने क्रममा प्रहरीले ४१ जनालाई नियन्त्रणमा लिएको छ । एसएसपी पिताम्बर अधिकारीले सहज रुपमा हुने काममा पनि परिसर वरिपरि घुमिरहजे एजेन्टले दुःख दिएको उजुरीपछि छापा मार्ने क्रममा ४१ नालाई नियन्त्रणमा लिएको बताए । ‘सर्वसाधारणलाई दुःख दिने काम भइरहेको भन्ने उजुरी आएको थियो,’ उनले भने, ‘त्यसपछि हामीले दुवै कार्यालयमा पुगेर शंकास्पद व्यक्तिलाई पक्राउ गरेका हौं ।’आजको नागरिक दैनिकमा खबर छ ।

0 comments:

Post a Comment